काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलसँग छलफलका लागि शुक्रबार शीतल निवास पुगेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरी शीतल निवासबाट बाहिरिएको केही समयपछि प्रधानमन्त्री शाह राष्ट्रपति निवास पुगेका हुन्।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही तथा मुलुकको पछिल्लो अवस्थालगायत विषयमा छलफल भइरहेको बताइएको छ।
यसअघि रास्वपा सभापति लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेट गरी सरकारका कामकारबाही, संसद् अधिवेशन, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।
भारत भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाहले राष्ट्रपतिसँग भेट गरेका हुन्। भारत भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउने परम्परा पालना नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो।
यसैबीच, प्रधानमन्त्री शाहले हिजो रास्वपा सभापति लामिछानेसँग लामो छलफल गरेका थिए। पछिल्ला राजनीतिक भेटघाटलाई सरकार र पार्टी नेतृत्वबीचको समन्वय तथा समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया