काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
सभापति गगन थापासँग भएको भेटमा थापाले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासन दिएपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्।
रिजालले थापासँग भएको भेट र उम्मेदवारी फिर्तासम्बन्धी कुराकानीको भिडियोसमेत आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेका छन्। रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार थापाले सार्वजनिक रूपमा र व्यक्तिगत भेटमा समेत उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए।
ठकुरीले महाधिवेशनपछि रिजाललाई उचित पदमा व्यवस्थापन गर्ने आश्वासन सभापति थापाले दिएको जानकारी दिए।
सम्बन्धित खबर





प्रतिक्रिया