काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२ः३० बजेदेखि मनोनयन दर्ता सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिकाअनुसार मनोनयन दर्ता आज दिउँसो १२ः३० देखि बेलुकी ४ बजेसम्म हुनेछ। यसअघि बिहान ९ः३० बजेसम्म मतदाता नामावलीउपर दाबी–विरोधको समय तोकिएको छ।
दाबी–विरोधउपर बिहान ९ः३० देखि १०ः३० बजेसम्म जाँचबुझ गरी ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनका अन्य कार्यक्रम भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै सञ्चालन हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
https://drive.google.com/file/d/1YVJDn-pRHk_3e0KZN3SDZn7gxhzb4v1L/view?usp=sharing
सम्बन्धित खबर





प्रतिक्रिया