बीपी राजमार्गमा डाइभर्सन निर्माण तीव्र, यातायात खुलाउने तयारी


काठमाडौं । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गमा अस्थायी डाइभर्सन पुनर्निर्माणको काम सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ का विभिन्न स्थानमा रहेका डाइभर्सन बाढीले बगाएको थियो।

राजमार्गमा तत्काल यातायात सञ्चालन सहज बनाउने उद्देश्यले डाइभर्सन निर्माणको काम अघि बढाइएको कार्यालयले जनाएको छ। साथै रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो पन्छाउने काम पनि भइरहेको छ।

वर्षाका कारण नमोबुद्धको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार