काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने क्रममा छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभाग तथा मधेसका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया