प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध संयुक्त मोर्चा बनाएर आन्दोलनको तयारी


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध विभिन्न राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजीवीलाई समेटेर वृहत् संयुक्त मोर्चा निर्माण गरी सडक आन्दोलनमा जाने तयारी भइरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सरकारमाथि सुकुम्बासी, ट्रेड युनियन, मजदुर, किसान तथा बुद्धिजीवीमाथि दमन र ज्यादती गरेको आरोप लगाए। त्यसविरुद्ध संयुक्त रूपमा आन्दोलन अघि बढाउनुपर्ने उनको भनाइ थियो।

प्रस्तावित आन्दोलनबारे विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजका प्रतिनिधिसँग छलफल भइरहेको र छलफल सकारात्मक रूपमा अघि बढिरहेको प्रचण्डले बताए।

उनले चाडपर्व सकिएपछि नयाँ आन्दोलनको वातावरण निर्माण गर्ने तयारी रहेको समेत बताए। साथै, जनतामा नयाँ भनिएको सरकारप्रतिको भ्रम हट्दै गएको र स्थापित राजनीतिक दल तथा नेताप्रति आकर्षण पुनः बढिरहेको उनको दाबी थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार