काठमाडौं । अमेरिका र इरानबीच युद्ध जारी रहेकै बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसहितको प्रतिनिधिमण्डललाई न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घ (यूएन) महासभामा सहभागी हुन भिसा दिएको छ।
बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्रालयले बिहीबार इरानी प्रतिनिधिमण्डललाई भिसा दिइएको पुष्टि गरेको हो। यद्यपि, प्रतिनिधिमण्डलका सदस्यलाई अमेरिकामा आवतजावत तथा खरिदारीमा कडा प्रतिबन्ध लगाइनेछ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार आयोजक राष्ट्रका रूपमा अमेरिकाले महासभाको उच्चस्तरीय सप्ताहमा इरानी प्रतिनिधिमण्डललाई सहभागी हुन अनुमति दिएको हो। यसपटक आउने इरानी टोली गत वर्षको तुलनामा सानो रहेको बताइएको छ।
गत वर्ष पनि अमेरिकाले इरानी कूटनीतिज्ञलाई कस्ट्को लगायतका ठूला होलसेल स्टोरमा किनमेल गर्न प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया