काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तोलामा १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
सम्बन्धित खबर

प्रतिक्रिया