काठमाडौं । नेपाल राष्ट्र बैंकले परिमार्जित विशेषतासहितको नयाँ डिजाइनको ५० रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा नयाँ विशेषतासहितको नोट चलनचल्तीमा ल्याइएको हो।
नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। अगाडिको भागमा हिमाल र लालीगुराँसको पानी छापसँगै ‘५०’ अंकित पानी छाप राखिएको छ।
नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ सिरिज उल्लेख गरिएको छ भने गर्भनर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहनेछ। नोटमा ‘NRB’ लेखिएको १.२ मिलिमिटर चौडा सुरक्षा धागोसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ।
नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र तथा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। त्यस्तै, तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ सिरिज उल्लेख गरिएको छ।


प्रतिक्रिया