काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ।
बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने तथा कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ।
त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगका आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह ‘गरिमा’ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया