मनसुन सक्रिय, देशका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाडौं । मनसुनी र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभर मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा समेत मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिसमेत कोशीसहित देशका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना रहनेछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार