काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब ४५ करोड ९८ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न नौवटा बैंकमा नेपाली रुपैयाँ १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ तथा दुईवटा बैंकका डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ।
कोषबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्चका लागि मासिक रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराइनेछ।
सम्बन्धित खबर

प्रतिक्रिया