चन्द्रमामा २२२ मिटरको नयाँ क्रेटर भेटियो


वासिङ्टन  । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर चौडा विशाल क्रेटर पत्ता लगाएको छ। ‘म्याकगेचिन’ नाम दिइएको उक्त क्रेटर सन् २०२४ को वसन्तमा धूमकेतु वा क्षुद्र ग्रह चन्द्रमामा ठोक्किँदा बनेको वैज्ञानिकहरूको अनुमान छ।

नासाको लुनार रिकोनिसन्स अर्बिटर (एलआरओ) का अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नयाँ तस्बिर तथा स्क्यान अध्ययन गर्ने क्रममा क्रेटर पत्ता लगाउनुभएको हो। वैज्ञानिकका अनुसार यस्तो ठूलो प्रभाव चन्द्रमामा करिब एक शताब्दीमा एक पटक वा त्योभन्दा लामो अन्तरालमा मात्र हुने गर्छ।

‘साइन्स एडभान्सेस’ जर्नलमा प्रकाशित अध्ययनअनुसार म्याकगेचिन सौर्यमण्डलमा हालसम्म पहिचान गरिएको सबैभन्दा ठूलो नयाँ क्रेटर हो। यसको अध्ययनबाट चन्द्रमाको भूगर्भीय संरचना र क्रेटर निर्माण प्रक्रियाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार