प्रतिनिधिसभामा सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतामाथि छलफल हुँदै


काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

त्यस्तै, आज अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्दैछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार