मनसुनी सक्रियता कायमै, कोशी–बागमतीसहित केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थान तथा कर्णालीका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

यस्तै, पहाडी र तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशीको पहाडी तथा तराई भूभाग, बागमतीको तराई र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि देशभर बदली रहने र विभिन्न प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार