कांग्रेसका पाँच जिल्लामा कार्यवाहक सभापति, वडा अधिवेशन अघि बढाइने


काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ३ असोजदेखि हुने वडा अधिवेशन अघि बढाउन पाँच जिल्लामा कार्यवाहक सभापति तोकेको छ।

कञ्चनपुर, कैलाली, डोटी, मुगु र बाग्लुङमा कार्यवाहक सभापति तोकिएको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए। सम्बन्धित जिल्ला सभापतिहरूले अधिवेशन प्रक्रिया अघि बढाउन नसक्ने जनाएपछि केन्द्रले कार्यवाहक सभापति तोकेको हो।

बझाङ, डडेल्धुरा र भक्तपुरका जिल्ला सभापतिले भने वडा अधिवेशन अघि बढाउने जानकारी केन्द्रलाई गराएका छन्। बिहीबारसम्म निर्णय स्पष्ट नभए ती जिल्लामा पनि कार्यवाहक सभापति तोकेर अधिवेशन प्रक्रिया अघि बढाइने कांग्रेसले जनाएको छ। बाँकी ६९ जिल्लामा भने ३ असोजको वडा अधिवेशनका लागि तयारी भइरहेको महामन्त्री घिमिरेले बताए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार