प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभाव सम्बोधनका लागि विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो।

भेटमा प्रधानमन्त्री शाहले नेपालको पर्यटन सम्भावना र यसको विकासबाट पारस्परिक लाभ लिन सकिने अवसरबारे चर्चा गर्दै नेपालमा अमेरिकी लगानी बढाउन आग्रह गर्नुभयो।

भोटेकोशी बाढीपछि अमेरिकाले गरेको सहयोग र ऐक्यबद्धताप्रति प्रधानमन्त्री शाहले आभार व्यक्त गर्नुभयो। सो अवसरमा कार्यवाहक राजदूत बोल्डिनले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा अमेरिकी सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार