वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१७ अलौबाट करिब ९ किलो ५ सय ग्राम चरेशसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत घर बताउने २० वर्षीय सन्दीप चौधरी रहेका छन्। उनले मोटरसाइकलको तेल ट्यांकीभित्र फल्स बटम बनाएर चरेश लुकाएर लैजाँदै गरेको अवस्थामा सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले मोटरसाइकलको ट्यांकीबाट २१ वटा पोकामा राखिएको चरेश बरामद गरेको जनाएको छ। पक्राउ परेका चौधरीलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया