आज सङ्घीय संसद्का दुवै सदन बस्दै


काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि तय गरिएको छ।

प्रतिनिधिसभामा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रियसभामा पूर्वाधार विकास तथा स्वास्थ्य र खाद्य स्वच्छतासम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्। साथै, ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ।

त्यस्तै, मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस् भन्ने विशेष प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार