सुरुङमा बेपत्ताको खोजीबारे संसदलाई जानकारी दिन सांसद मल्लको माग


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले कति सुरुङमा खोज तथा उद्धार सम्पन्न भयो र कति ठाउँमा अझै जारी छ भन्नेबारे स्पष्ट जानकारी दिन माग गरे। उनले २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–ए जलविद्युत आयोजनामा बेपत्ताको खोजीको पछिल्लो अवस्थाबारे पनि सरकारसँग जवाफ मागे।

मल्लले मृतक तथा बेपत्ताको पहिचानका लागि भइरहेको डीएनए परीक्षण तत्काल सम्पन्न गरी पीडित परिवार र आम नागरिकलाई औपचारिक जानकारी दिन आग्रह गरे। उनले बाढीपीडित परिवार अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेको बताए।

त्यस्तै, मृतकका परिवारका लागि तत्काल राहत प्याकेज घोषणा गर्न तथा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन सुरु गर्न माग गर्दै बालबालिकाकेन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार