काठमाडौं । हुथी विद्रोहीहरूले साउदी अरबले पछिल्लो २४ घण्टामा यमनका विभिन्न क्षेत्रमा ५४ वटा हवाई आक्रमण गरेको दाबी गरेका छन्।
हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार साउदी वायुसेनाले एफ–१५ र टाइफुन लडाकु विमानमार्फत ताइज, लहज, जौफ, मारिब र होदेइदालगायत क्षेत्रमा आक्रमण गरेको हो।
यसैबीच, हुथीहरूले साउदी अरबका सैन्य अखडामा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी पनि गरेका छन्। हुथीहरूले रेड सीको तटीय क्षेत्र र बाब अल–मन्डेब जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको बताएका छन्।
होर्मुज जलमार्गमा जारी तनावका कारण बाब अल–मन्डेबको रणनीतिक महत्त्व पछिल्ला दिनमा थप बढेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया