मनसुन सक्रिय, आज देशभर वर्षाको सम्भावना


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्यतया बदली रहने तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति पनि विभिन्न प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहनेछ भने कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार