सिंहदरबारबाट पक्राउ परे किस्पाङ अध्यक्ष तामाङ


काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गरेको बैठकमा सहभागी भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी वृत्त दरबारमार्गले उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए।

४३ वर्षीय तामाङ नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार