संयम र संवेदनासहित तीज मनाऔँ : प्रचण्ड


काठमाडौं ।  नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको दुःखद घडीमा यस वर्ष तीज पर्व संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन्।

हरितालिका तीजको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै प्रचण्डले विगतका वर्षझैँ उल्लासका साथ तीज मनाउने अवस्था नरहेको बताएका हुन्।

उनले बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा आग्रह गरेका छन्। साथै, दुःखको यस घडीमा संवेदना र संयमलाई राष्ट्रिय एकताको शक्तिमा बदल्न उनले आह्वान गरेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार