काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दर्शनार्थीको चापलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले ३३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेका छन्।
मन्दिरका चारवटै ढोका बिहान ३ः१५ बजेदेखि खुला गरिएको थियो। बिहान ७ बजेसम्म करिब ९ हजार भक्तजनले दर्शन गरिसकेका छन् भने करिब ३ हजार दर्शनार्थी लाइनमा रहेका छन्।
सुरक्षाका लागि सीसीटीभी, ड्रोन र सञ्चार प्रविधिको प्रयोग गरिएको छ। स्वास्थ्य शिविर, एम्बुलेन्स, खानेपानी तथा उद्धार टोलीसमेत तयारी अवस्थामा राखिएको छ।
तीज अवधिभर अवाञ्छित गतिविधि रोक्न पशुपति क्षेत्र तथा आसपासका स्थानमा सादा पोसाकका सुरक्षाकर्मी र गस्ती टोली परिचालन गरिएको छ।

सम्बन्धित खबर

प्रतिक्रिया