काठमाडौँ । हिन्दू धर्मावलम्बी महिलाहरूले आज हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहितले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार पार्वतीले महादेवलाई पति पाउन गरेको कठोर तपस्याको स्मरणमा हरितालिका तीज मनाउने गरिएको हो। यस दिन शिव–पार्वतीको पूजा–आराधना गर्दा सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
तीजका अवसरमा महिलाहरू पूजा तथा व्रतसँगै सामूहिक रूपमा नाचगान गरी उत्सव मनाउने गर्छन्। स्वास्थ्यअनुसार निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधि अपनाउन सकिने बताइएको छ। स्वास्थ्यका कारण निराहार बस्न नसक्नेले पानी, फलफूल, दूधलगायत सेवन गर्न सक्ने धार्मिक ग्रन्थमा उल्लेख छ।
सम्बन्धित खबर

प्रतिक्रिया