सोमबार देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षाको जोखिम


काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश भूभागमा मौसम बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

कोशी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार