भोटेकोशी बाढीपीडितलाई घरभाडा खर्च दिने सरकार


काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित परिवारलाई सरकारले स्थायी आवास नबनेसम्म घरभाडा तथा आवश्यक खर्चका लागि मासिक सहायता उपलब्ध गराउने भएको छ।

सरकारका अनुसार ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराइनेछ। सहायता लिन नचाहने परिवारका लागि अस्थायी आवासको व्यवस्था गर्ने विकल्पसमेत दिइएको छ।

लाभग्राहीको विवरण संकलनका लागि सम्बन्धित स्थानीय तहमा फारम पठाइसकिएको छ। बाढीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन सकिएको र विस्तृत आवश्यकता मूल्यांकन जारी रहेको सरकारले जनाएको छ। मूल्यांकनका आधारमा पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाइनेछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार