आज दर खाएसँगै तीज पर्व सुरु हुँदै


काठमाडौं । हिन्दु नारीहरूको प्रमुख पर्व हरितालिका तीज आजदेखि दर खाने दिनसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ।

दर खाएपछि भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी शिव–पार्वतीको पूजा गर्ने गरिन्छ। तीजमा महिलाहरूले गीत तथा नृत्यमार्फत आफ्ना सुख–दुःख, पीडा र सामाजिक अनुभवसमेत व्यक्त गर्ने परम्परा छ।

तृतीयामा हरितालिका व्रत, चौथीमा गणेश पूजा र पञ्चमीमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ। तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा महिला भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार