प्रधानमन्त्री बालेन शाह र व्यवसायीबीच आर्थिक अवस्थाबारे छलफल


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी थिए।

छलफलमा उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउँदै आर्थिक चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको बताइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार