तीन प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रहने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ। अन्य प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। साथै मधेस, कोशी र लुम्बिनीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना समेत रहेको छ।

आज राति पनि देशभर बदली रही विभिन्न प्रदेशमा चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार