भोटेकोशी बाढी : मृतकको संख्या १,३७४ पुग्यो, ४,०८९ अझै बेपत्ता


काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बिहीबार बिहानसम्म विभिन्न आठ जिल्लाबाट १ हजार ३ सय ७४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवामा १७८, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२८ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।

शव पहिचानका लागि मृतक तथा आफन्तका गरी २ हजार ९ सय २५ डीएनए नमुना संकलन गरिएको छ। हालसम्म १ हजार १४८ शव व्यवस्थापन भइसकेका छन् भने १ हजार २९२ शवको पहिचान हुन बाँकी छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। अझै ४ हजार ८९ जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा २ हजार ९८९ जना राखिएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार