म्याग्दी । ५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फ निर्माण भइरहेको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।
धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि खाम्लास्थित बाँधतर्फ जोड्ने २ हजार ५०६ दशमलव ३९ मिटर सुरुङ बुधबार छेडिएको हो । आयोजनाका अनुसार हालसम्म बाँधतर्फको ३ हजार २८३ दशमलव ३२ मिटरमध्ये १ हजार ९७३ मिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।
आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको र आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख ज्योतकुमार केसीले जानकारी दिए ।
म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनामा ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँ लगानी हुने छ । आयोजनाको विद्युत्गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।
आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् उत्पादन गरी १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया