काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो।
बिहीबार बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजनाबारे छलफल हुनेछ। बैठकमा कानुनमन्त्री, मन्त्रालयका सचिव र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशकलाई बोलाइएको छ।
त्यस्तै, बिहान साढे ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर तथा जलवायु अनुकूलन र जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ। बैठकमा कृषिमन्त्री, मन्त्रालयका सचिव तथा वातावरण विज्ञ सहभागी हुनेछन्।
यस्तै, बिहान १० बजे बस्ने उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपसमिति गठनलगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया