काठमाडौंमा जुनसुकै कम्पनीको एलपी ग्यास साटेर लिन पाइने


काठमाडौं । बाढीका कारण काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएपछि सरकारले उपभोक्तालाई राहत दिने वैकल्पिक व्यवस्था गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास उद्योगलाई निर्देशन दिएकी छन्।

मन्त्रालयका अनुसार यो व्यवस्था तत्काल लागू हुनेछ र हाललाई काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ। साथै, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार