काठमाडौं । लोकसेवाको कठिन प्रतिस्पर्धामा हजारौँ परीक्षार्थीलाई पछि पार्दै रामेछापकी ज्योति घिमिरे प्रशासन सेवा, सामान्य प्रशासन अन्तर्गत शाखा अधिकृत तर्फ टपर बनेकी छिन् । लोकसेवा आयोगले शनिबार प्रकाशित गरेको शाखा अधिकृत पदको अन्तिम नतिजामा घिमिरेले उत्कृष्ट सफलता हासिल गरेसँगै उनको सफलता चुलिएको छ ।शाखा अधिकृत ब्याट ४१ अन्तर्गत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा उनी पहिलो नम्बरमा सिफारिस भएकी छन् । रामेछापको गोकुलगंगा गाउँपालिका–४ की घिमिरेले हजारौँ प्रतिस्पर्धीलाई उछिन्दै शाखा अधिकृत परीक्षामा टपर बन्न सफल भएकी हुन् ।
सामान्य प्रशासन समूहमा पहिलो स्थान
नेपाल प्रशासन सेवा, संघीय संसद् सेवा तथा प्रशासनअन्तर्गत सामान्य प्रशासन र राजस्व समूहमा माग गरिएका ९३ पदका लागि यस वर्ष शाखा अधिकृतको परीक्षा सञ्चालन भएको थियो । उक्त प्रतिस्पर्धामा हजारौँ परीक्षार्थी सहभागी भएका थिए ।लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि १२६ जना छनोट भएका थिए । ती प्रतिस्पर्धीमध्येबाट घिमिरे पहिलो नम्बरमा सिफारिस हुन सफल भएकी हुन् । उनको यो सफलता सामान्य प्रशासन क्षेत्रमा प्रवेश गर्न चाहने हजारौँ युवाका लागि प्रेरणाको विषय बनेको छ ।
मेधावी विद्यार्थी, उत्कृष्ट नतिजा
घिमिरेका सहपाठीहरूका अनुसार उनी अध्ययनमा मेधावी विद्यार्थीका रूपमा परिचित थिइन् । अध्ययनप्रतिको लगनशीलता र मेहनतले उनलाई लोकसेवाको प्रतिस्पर्धामा समेत उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको उनीहरू बताउँछन् ।
शाखा अधिकृतको परीक्षामा पहिलो नम्बरमा सिफारिस हुनु केवल व्यक्तिगत सफलता मात्र होइन, ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय स्तरको प्रतिस्पर्धामा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने उदाहरणसमेत हो ।
रामेछापको गोकुलगंगा–४ बाट प्रशासन सेवाको प्रतिष्ठित पदमा उत्कृष्ट सफलता हासिल गरेकी ज्योति घिमिरेको उपलब्धिले स्थानीय स्तरमा समेत गौरव थपेको छ ।




प्रतिक्रिया