काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
सम्बन्धित खबर




प्रतिक्रिया