भदौ २४ को घटनाको गम्भीर अनुसन्धान गर्न प्रचण्डको माग


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाको गम्भीर र बहुआयामिक अनुसन्धान गर्न माग गरेका छन्।

भदौ २४ गतेलाई नेपालको इतिहासकै रहस्यमय र भयानक विध्वंसको दिनको संज्ञा दिँदै प्रचण्डले घटनाका वास्तविक दोषी पहिचान गरी कारबाही गर्नुपर्ने बताएका हुन्।

भिडियो सन्देश जारी गर्दै उनले गएको एक वर्षमा घटनाको सत्यतथ्य बाहिर ल्याउने दिशामा अपेक्षित काम हुन नसकेको आरोप लगाए। राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत कार्यान्वयनमा अघि नबढेको भन्दै उनले असन्तुष्टि जनाए।

प्रचण्डले भदौ २३ गते युवाहरूले उठाएको सुशासन र पारदर्शिताको मागलाई भदौ २४ को घटनाले सम्बोधन नगरेको दाबी गरे। उनका अनुसार उक्त घटनाले जेनजी युवाहरूको भावना र आकांक्षामाथि प्रहार गर्नुका साथै भदौ २३ को आन्दोलनलाई समेत अपहरण गरेको देखिन्छ।

उनले भदौ २४ को घटनाका राष्ट्रियसँगै अन्तर्राष्ट्रिय आयामसमेत रहेको दाबी गर्दै वर्तमान भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय स्तरबाट समेत अध्ययन–अनुसन्धान गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार