काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले २०८२ भदौ २३ र २४ गतेका घटनाले नेपाललाई गम्भीर संकटतर्फ धकेलेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले उक्त घटनालाई मानव सभ्यताकै क्रुर घटनाको संज्ञा दिएका छन्। हजारौं वर्षको स्वाभिमान र स्वाधीनता बोकेको देश क्षणभरमै ‘सुरुङभित्र’ पुगेको उनको टिप्पणी छ।
उनले अहिलेको मुख्य प्रश्न सुरुङभित्रै सुशासन खोज्ने कि पहिले देशलाई जीवितै उद्धार गर्ने भन्ने रहेको बताएका छन्। नेपालको भौगोलिक अवस्थिति वरदान बन्न सक्ने भए पनि सधैं अभिशापजस्तो बनेको उनको भनाइ छ।
देश टुट्न र फुट्न नहुनेमा जोड दिँदै आचार्यले देशी–विदेशी सबै राजनीति न्यूनतम विधि र मानवीय मूल्यमा आधारित हुनुपर्ने बताएका छन्। उनले देशलाई संकटबाट छिटो र सकुशल उद्धार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्बन्धित खबर

प्रतिक्रिया