सिन्धुलीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मदन भण्डारी राजमार्गमा मंगलबार राति सिन्धुलीबाट मकवानपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १८१४ नम्बरको मिनी ट्रकले पैदलयात्री माइते राईलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार राईको घटनास्थलमै मृत्यु भएको हो।

ट्रकले नजिकै रहेको मधेश प्रदेश ०२–०१० प ००३४ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक कमलामाई नगरपालिका–६ का २३ वर्षीय सुरेश कुमार साह र पछाडि सवार २९ वर्षीय सुशान्त साह सामान्य घाइते भएका छन्।

दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार