काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले अधिकांश भूभागमा बदली र वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस र लुम्बिनीका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकीका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकीका केही पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया