नुवाकोट र रसुवामा हैजाविरुद्ध खोप अभियान


काठमाडौँ । बाढी प्रभावित नुवाकोट र रसुवामा हैजा सङ्क्रमण रोकथामका लागि खोप अभियान सञ्चालन गरिने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नुवाकोटमा ८० हजार ५२३ डोज र रसुवामा २१ हजार डोज हैजाविरुद्धको खोप पठाएको जनाएको छ। रसुवामा बिहीबारदेखि खोप अभियान सुरु हुनेछ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित भएकाले हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोग नियन्त्रणलाई प्राथमिकता दिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार