काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया