जुवा खेलिरहेका रास्वपा नेतासहित पाँच जना पक्राउ


काठमाडौँ   ।  बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेतासहित पाँच जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले शुक्रबार राति कोहलपुर नगरपालिका–१३, खड्कवारबाट रास्वपा बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर ओलीसहित पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने अन्यमा कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल र बेलबहादुर डाँगी तथा कोहलपुर–५ का राम गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट जुवा खेलिरहेको अवस्थामा २ लाख २ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार