त्रिशूली बजारमा पुरिएको अवस्थामा राजेश जोशीको शव भेटियो


काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० स्थित त्रिशूली बजारमा घरभित्र पुरिएको अवस्थामा एक जनाको शव फेला परेको छ। भोटेकोशी विपद्को १२औँ दिनमा भेटिएको शव करिब ४५ वर्षीय राजेश जोशीको भएको पुष्टि भएको नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।

दायाँ हातको नाडीमा श्रीमती ‘दीपिका’को नामको ट्याटु भेटिएपछि शवको पहिचान खुलेको हो। डीएसपी हिरेन्द्र रोकायाको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले विदुरको पारिपट्टिको क्षेत्रमा खोज तथा उद्धार जारी राखेको छ।

बाढीमा जोशी परिवारका एकै घरका पाँच जना सदस्य सम्पर्कविहीन भएका थिए। सोही स्थानमा घरभित्र मृत अवस्थामा भेटिएकी सरिता जोशीको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार