भोटेकोशी बाढीका २४४ शव शिक्षण अस्पतालमा


काठमाडौं।  रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाएका २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ भने पहिचान भएका २४ शव परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।

हाल ५९ शव अस्पतालमै रहेका छन्। केही शवको पोस्टमार्टम गर्न बाँकी रहेकाले प्रक्रिया पूरा भएपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार