पृथ्वी राजमार्ग अवरुद्ध हुँदा तराईबाट ८८ हजार ग्यास सिलिन्डर काठमाडौं


काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि पछिल्लो तीन दिनमा तराईमै रिफिल गरी करिब ८८ हजार ग्यास सिलिन्डर काठमाडौं उपत्यकामा भित्र्याइएको छ।

नेपाल आयल निगमका अनुसार भदौ १८, १९ र २० गते ८७ हजार ८७७ वटा ग्यास सिलिन्डर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइएको हो।

१६ वटा ग्यास उद्योगले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीस्थित उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याएका हुन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार