काठमाडौं । रसुवाको भोटेकोशी नदीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ११ बजेसम्म फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत भएको छ।
सबैभन्दा बढी चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५ र रसुवामा १६३ जनाको शव फेला परेको छ।
विपद्मा अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। हालसम्म १३ हजार १०४ जनाको सकुशल उद्धार गरिएको छ भने ६ हजार ७५ जना घाइतेको उपचार गरिएको छ।
उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रका लागि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ।

प्रतिक्रिया