बाढी प्रभावित रसुवामा हैजाको खोप पठाइयो


काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

बाढीका कारण खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुगेपछि पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। जोखिम न्यूनीकरणका लागि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा जोड दिने तथा स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार