काठमाडौं । वीरगञ्जस्थित क्यासिनोमा जुवा खेलेको आरोपमा नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनकुमार भट्टराईका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्रहरी इन्स्पेक्टर प्रदीप पौडेल, सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय अध्यक्ष जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी र वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा छन् ।
त्यस्तै नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका कर्मचारी वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया